News Portal

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६३८ पटक

झापा, साउन २३ । झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तीको आक्रमण बाट एक व्यक्तिको ज्यान गएको छ।

कमल ५ टुक्रे स्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रोहित रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले जानकारी दिए।

सशस्त्रको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट हात्तीले च्यापेर केही पर पुर्याएर मारेको वडाअध्यक्ष निरौलाले बताए।

प्रतिकृया दिनुहोस्