News Portal

मेचीनगरमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि, नगरमा संक्रमितको संख्या १०० पुग्यो

रातोपोस्ट संवाददाता
६७२ पटक

झापा, साउन २८ । झापाको मेचीनगरमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर १० स्थीत आम्दा अस्पतालका २९ बर्षिय एक चिकित्सकलाई कोरोना पुष्टी भएको हो । त्यस्तै यस अघि संक्रमित देखिएका मेचीनगर – १० का १५ बर्षिय युवाका परिवारका सदस्य २ जनामा समेत कोरोना संक्रमण पुष्टी भएको मेचीनगर नगरपालिकाले जनाएको छ । परिवारका सदस्य दुई २५ बर्षिय महिला र अर्का १३ बर्षिय बालक रहेका छन ।

समुदायस्तरमा गरिएको पिसिआर परिक्षणको आज आएको नतिजा अनुसार मेचीनगर ७ का २८ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनी फुटबल खेलाडी रहेको बुझिएको छ । आज कोरोना संक्रमण पुष्टी भएका सबैकाे गत साउन २४ गते शनिबार धुलाबारी माविमा स्वाब संकलन गरिएको थियो ।

मेचीनगरमा ४ जना सहित नगरमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ ।

प्रतिकृया दिनुहोस्