News Portal

प्रदेश १ मा ११५ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४१४ पटक

विराटनगर, साउन २९ । प्रदेश १ मा बिहीबार ११५ जना कोरोनाका संक्रमित थपिएका छन् । मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा एक/ एक जना छन् । यसैगरी प्रदेश बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश राजधानी विराटनगरका २२ महिला र ३८ पुरुष गरी ६० जनामा संक्रमण पुष्टि भएको छ । बूढीगंगामा २५ पुरुष, कटहरीमा दुई महिला एक पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहबीमा तीन पुरुष, धरानमा एक महिला र बराहक्षेत्र र राधुनीमा एक/ एकजना पुरुष, इलामको सन्दकपुरमा चार पुरुष, झापाको बिर्तामोडमा एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस्