News Portal

मेचीनगरमा वडा कार्यालय भवन उद्घाटन

रातोपोस्ट संवाददाता
५१९ पटक

झापा, साउन ३० । झापाकाे मेचीनगर नगरपालिकाको वडानम्बर- ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद्घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा भवनको रिविन काटेर उद्घाटन गरेका थिए ।

वडाका प्रशासनिक काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए। वडानम्बर ९ को कार्यालय भवन निर्माण आयोजनाको कुल लागत ९४ लाख ८० हजार ४३ रुपैयाँ अनुमान गरिए पनि ६८ लाख ६५ हजार १ सय ४५ रुपैयाँमा आयोजनाको सम्झौता भएको थियो ।

मेचीनगर नगरकार्यपालिकाबाट ३८ लाख ६५ हजार १ सय ४५ रुपैयाँ र जिल्ला समन्वय समिति झापाबाट ३० लाख रुपैयाँ बजेटका श्रोत जुटाई २०७६ साल भदौ १८ तेबाट निर्माण कार्य शुरु गरिएको थियो । २०७५ भदौ ११ गते निर्माण कम्पनि श्रीनयन बराल,उद्घेश्य निर्माण सेवा मेचीनगरसँग सम्झौता भई २०७६ चैत मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

यस कार्यालयबाट ७ हजार ७ सय ३१ जना लाभावन्तित हुने छन् । यसअघि वडाको सवै काम साविक धुलावारी गाविसको भवनबाट हुदैं आएको थियो । उक्त भवन पुरानोे र कमजोेर भएका कारण दैनिक कार्य सम्पादनमा सम्स्या आउने गरेकोे भएपनि अब नयाँ भवनबाट दैनिक कार्यसम्पादन गर्न थालेपछि सरल र सहज तथ सेवाग्राहीलाई समेत लाभ मिल्ने विश्वास लिईएको छ ।

कुल १५ वटा वडा रहेको मेचीनगर नगरपालिकाका २, ८, १० र १२ नम्बर वडा भाडाका घरबाट सञ्चलन भइरहेका छन् । बाकी आफ्नै भवनबाट सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्