News Portal

मनमैजु हत्याका मुख्य आरोपी पक्राउ

रातोपोस्ट संवाददाता
४२९ पटक

काठमाडौं, साउन ३१ । काठमाडौंको मनमैजु हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

शुक्रबार छुरा प्रहार गरी हत्या गरिएका नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संम्लग्न रहेको आरोपमा आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीको विवादमा तामाङमाथी छुरा प्रहार भएको थियो।

छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो। उनी गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका थिए। घटनामा संलग्न रहेका अरू तीन जनालाई पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्