News Portal

आज प्रदेश १ मा थप १०३ जनामा कोरोना संक्रमण, संक्रमित दुई हजार नाघे

रातोपोस्ट संवाददाता
८५५ पटक

विराटनगर, साउन ३२ । प्रदेश नम्बर १ मा आज थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये ३४ जना महिला र ६९ जना पुरुष रहेका छन् ।

मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ ।

प्रतिकृया दिनुहोस्