News Portal

झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४९५ पटक

झापा, भदौ २० । झापामा शनिवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार दमक नगरपालिकाका वडा – २ र ८ का १ महिला र २ पुरुष, विर्तामोड नगरपालिकाका वडा- २ का १ पुरुष र शिवसताक्षी नगरपालिकाका वडा – २ का १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विर्तामोड नगरपालिकाका संक्रमित अटो चालकहरूको स्वाब संकलन गर्दा स्वाब दिएका रहेको बुझिएको छ।

आज संक्रमण पुष्टि हुनेमा सबै स्थानीयबासी रहेका चौंलागाईंले बताए । यो संगै झापामा कुल संक्रमितको संख्या ६४६ जना पुगेको छ भने ४८१ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्