News Portal

बि एण्ड सी अस्पतालका डाक्टरसहित १२ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५५३ पटक

झापा, भदौ २१ । झापामा बि एण्ड सी अस्पताल बिर्तामोडका एक चिकित्सकसहित १२ जनामा आज कोरोना संक्रमणको पुष्टि भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार एक जना चिकित्सक, ९ जना अन्य स्वास्थ्यकर्मी र २ जना उपचार गरिरहेका बिरामी रहेका छन् ।

गिरीले भने संक्रमित कसैमा पनि कोरोना संक्रमणको लक्षण नभएको र सामान्य अवस्था रहेको बताए ।

प्रतिकृया दिनुहोस्