News Portal

खानेपानी संस्थानका कर्मचारी २५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

रातोपोस्ट संवाददाता
८८८ पटक

पोखरा, भदौ २५ । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी घूस रकम सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले हुन् । ग्राहकको मिटरमा अस्वभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै उनले ग्राहकसँग २५ हजार घूस मागेका थिए ।

घूस रकमसहित बिहीबार पोखरा बगरको एक रेष्टुरेन्टबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्