News Portal

अस्पतालको लापरवाही : दाहसंस्कारपछि कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
६६४ पटक

पोखरा, भदौ २७ । पोखराको फिस्टेल अस्पताल स्तन क्यान्सर र मिर्गौला सम्बन्धी उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भएको थियो । मृतक महिलाको दाहसंस्कारपछि उनमा कोरोना संक्रमण भएको थाहा भयो ।

मृतक महिला कोरोना संक्रमित रहेको पुष्टि भएपछि उनको उपचारमा संलग्न चिकित्स र नर्स हाल क्वारेन्टिनमा बसेका छन् । शुक्रबार सेती नदीमा दाहसंस्कार गर्ने क्रममा राजनीतिक र समाजसेवीलगायत एक सय जना भन्दा बढी व्यक्ति उपस्थित भएका थिए । मृतक महिलाको कोरोना रिपोर्ट शनिबार आएको छ जसमा कोरोना पोजिटिभ देखिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले स्वाब लिइसकेको व्यक्तिको शव परिवारलाई बुझाउनु अस्पतालको मनपरी रहेको जनाएका छन् । उनले यस घटनाबारे फेसबुकमा ७ प्रश्न उठाएका छन्।

उनले भनेका छन् ‘नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल सञ्चालकलाई थाहा नभएको हो ?’ शर्माको प्रश्न छ, ‘कि अस्पताल प्रशासनले प्रदेश सरकारलाई अटेरी गरिएको हो ।

अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?’ यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?

प्रतिकृया दिनुहोस्