News Portal

झापामा छतबाट खसेर बालिकाको मृत्यु

रातोपोस्ट संवाददाता
६०४ पटक

झापा, असोज ९ । बिर्तामोड नगरपालिका वडा- ५ की १३ वर्षीया कृतिका भण्डारीको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विहीवार राति १० बजे मृतकको मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको जानकारी दिए ।थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा अचानक लडेर भण्डारी गम्भीर घाइते भएकी ।

घाइते अवस्थामा तत्काल उपचारार्थ बीएन्डसी हस्पिटल लैजादै गर्दा बाटोमै उनको मृत्यु भयो । उनी काठमाडौंबाट ५ दिन अघि मात्र मामाघर आइपुगेकी थिइन् ।

प्रतिकृया दिनुहोस्