News Portal

मेचीनगरमा थपिए १६ जना संक्रमित

रातोपोस्ट संवाददाता
४२४ पटक

झापा, असोज १६ । झापाको मेचीनगरमा आज थप १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थपिएका १६ जनामध्ये एउटै वडाका १३ जनामा कोरोना संक्रमण भएको छ भने काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मेचीनगर–८ का १३ जना र होटल क्वारेन्टिनका ३ जनामा कोरोना संक्रमण भएको मेचीनगरपालिकाले जनाएको छ ।

योसँगै मेचीनगरमा संक्रमितको संख्या १५१ पुगेको छ भने निको हुने १२८ जना छन् ।

प्रतिकृया दिनुहोस्