News Portal

विप्लव निकट युवा संगठन झापाका अध्यक्ष पक्राउ, रिहा गर्न संगठनकाे माग

रातोपोस्ट संवाददाता
१६१२ पटक

झापा, २० असाेज। नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तार परेका छन् । उनलाई हिजो बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेकाे भन्दै संगठनले तत्काल रिहाइ गर्न माग गरेकाे छ ।

केहिदिन अगाडि मात्रै उक्त संगठनले झापाको शिवसतासीमा पार्टीको जिल्ला सम्मेलन सम्पन्न गरेकाे थियो भने  पक्राउ परेका सम्राटलाई अध्यक्षमा चुनेकाे थियोे । संगठनका मेची-काेशी ब्युरो संयोजक नुलुकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका छन्।

उनकाे विज्ञप्तिमा भनिएको छ :- हाम्रो गौरवशाली संगठन युवा संगठन नेपाल झापा जिल्लाका अध्यक्ष कमरेड सम्राटलाई हिजो मिति २०७७/०६/१९ गते बेलुका घरमा परिवारसंग बसिरहेको अवस्थामा जनबिरोधी, रास्ट्रघाती सरकारद्वारा परिचालित प्रहरीहरुले अपहरण शैलिमा गिरफ्तार गरेको छ ।

झापाका सचेत क्रान्तिकारी युवाहरुले भर्खरै सम्पन्न गरेको संगठनको चौथो जिल्ला सम्मेलनबाट अताल्लिएका दलालहरुका जल्लादहरुको यो निकृस्ट रबैयाको हाम्रो संगठन कडा सब्दमा निन्दा एंव भत्सर्ना गर्दै गिरफ्तार कमरेडको तुरुन्त रिहाइको माग गर्दछ ।

भ्रस्टाचार, जनघात र रास्ट्रघातमा चुर्लुम्म डुबेका झापाका प्रशासक र सरकारि दानापानी खानेहरु हाम्रो संगठनले उठाएका जनता र रास्ट्रको हितका मुद्धाहरुबाट अत्तालिएका छन । यो गिरफ्तारी झापामा रहेका सरकारी तक्मा झुण्ड्याएका जनघातीहरुको पराजित र हतोत्साहीत मानसिकताको पराकाष्ठा हो । हाम्रो पार्टीलाई , बिचारलाइ र जनपक्षीय आन्दोलनलाइ दबाउन सकिन्छ वा दमन गरेर आफ्नो लुटको साम्राज्यलाइ संधै बचाउन सकिन्छ भन्ने ठान्नु सरकारी अपराधिहरुको महाभ्रम सिवाय केही पनि होइन ।

जनताको बिचमा उठेको आगोमा दलालहरु सबै भस्म हुने छन । हाम्रो संगठन जनताको बिचमा नितान्त राजनितीक गतिबिधी गरिरहेको छ । संगठन कोरोना महामारी बिरुद्धको अभियानमा जुटिरहेको छ । हामी माथिको अनावश्यक दमन तुरुन्त रोक्न हामी चेतावनी दिन चाहान्छौं ।

हाम्रो राजनितिक अधिकारलाई कुण्ठित गरेर यदि द्वन्दको वातावरण बनाउनको निम्ति दमनलाइ निरन्तरता दिने हो भने संगठनले यसकाे  प्रतिरोध गर्ने छ । जसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयं सरकारी दलालहरुले लिनु पर्ने विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्