News Portal

पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन सय ४३ जनामा संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४५७ पटक

 बिराटनगर, २२ असाेज। पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन सय ४३ जनामा संक्रमण पुष्टि भएकाे छ।  प्रदेश १ मा दैनिक संक्रमित हुनेको  संख्यामा यो अहिलेसम्मकै उच्च हो। एक हजार तीन सय १० जनाको पीसीआर परीक्षण हुँदा एक सय ३६ महिला र दुई सय सात पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

छ सय ६६ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३५ पुरुष र एक सय ९५ महिलामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा सोमबार एक सय ६४ जना संक्रमित थपिएका थिए।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या आठ हजार चार सय ४७ पुगेको छ भने एक लाख ३० हजार छ सय ७१ जनाको पीसीआर परीक्षण भएकोमा एक लाख २२ हजार दुई सय २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

संक्रमण पुष्टि भएर होम एवं विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये डिस्चार्ज हुँदै चार हजार एक सय ३२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। चार जना तीन सय १५ जनाको उपचार जारी छ।

मन्त्रालयका कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोज विशालका अनुसार प्रदेशका विभिन्न कोभिड अस्पतालमा उपचाररत संक्रमितमध्ये हालसम्म ८७ जनाको मृत्यु भइसकेको छ। जसमा प्रदेश १ स्थायी ठेगाना भएका ७२ जना रहेका छन्। प्रदेश २ स्थायी ठेगाना भएका दुई महिला र १३ पुरुष गरेर १५ जना संक्रमितको प्रदेश १ मा उपचारका क्रममा ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्