News Portal

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतक संख्या ६७५ पुग्यो

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौं, २८ असोज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

यस्तै, बुधबार नेपालमा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

संक्रमितमध्ये ८० हजार ९५४ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २१७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्