News Portal

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
६४३ पटक

माेरङ्ग,०२ कात्तिक। विराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको गएराति १०:५५ बजेतिर मृत्यु भएको हाे । उनकाे पीसीआर परीक्षण गर्दा गत असोज १३ गते रिपोर्ट पोजिटिभ आएकाे र त्यही दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको र मृतकमा मधुमेहको पुरानै समस्या रहेको अस्पालले जानकारी दिएकाे छ।

त्यस्तै विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ९ बजेतिर मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालले मृतक वृद्ध क्यान्सरकाे राेगी रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्