News Portal

आफ्नै काकाको हत्या गरी फरार रहेका तामाङ पक्राउ

रातोपोस्ट संवाददाता
७४६ पटक

पाेखरा, ४ कात्तिक। आफ्नै काकाकाे हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी फरार रहेका एक व्यक्तिलाई कात्तिक २ गते आइतबार लमजुङ जिल्लाकाे मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हाे ।

पक्राउ पर्ने व्यक्ति ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे स्थायी घर भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्र बहादुर तामाङ रहेकाे प्रहरिले जनाउकाे छ।

पक्राउ परेका उनले ओखलढुंगा सुनकोशी गाउँपालिका-०५ स्थायी घर भई पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएका टंक बहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए ।
पक्राउ परेका निज उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जानकारी दिएकाे छ।

प्रतिकृया दिनुहोस्