News Portal

झापामा ७२ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४४५ पटक

झापा, २१ कात्तिक । झापामा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३३ जना महिला र ३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमितहरुमा बिर्तामोडमा १९, भद्रपुरमा ११, गौरादहमा १, मेचीनगरमा ३, अर्जुनधारामा ५, दमकमा २३, कन्काईमा ३, शिवसताक्षीमा ३, हल्दिबारीमा २, कमल र गौरादहमा १/१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले बताए ।

स्थानीय तह नखुलेका अन्य १ पुरुषमा समेत कोरोनाको संक्रमण देखिएको छ । हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ४३४ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ४२३ पुगेको छ । हाल झापामा ९५४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ५७ पुगेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्