News Portal

आज प्रदेश १ मा सार्वजनिक विदा

रातोपोस्ट संवाददाता
७४२ पटक

झापा, २५ कार्तिक ।  फाल्गुनन्द जयन्तीको अवसरमा आज प्रदेश १  सरकारले सार्वजनिक विदा दिने भएकाे  छ ।

किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिएको हाे ।

समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज (मंगलबार) किरात धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँदैछन्।

फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलामस्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाज सुधार र व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा समेत लिने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस्