News Portal

झापाका थप ४४ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
५२५ पटक

झापा, २७ कात्तिक । झापामा थप ४४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितह २० महिला र २४ पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दममका १७, बिर्तामोडका २, मेचीनगरका १, भद्रपुरका ४, अर्जुनधाराका १, कामलका ४, गौरादहका ११, हल्दिबारीका १, कचनकवलका १ र झापाका २ जना गरि ४४ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ८५३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक ७४८ रहेको छ । हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जनाइएको छ

प्रतिकृया दिनुहोस्