News Portal

पोखरा महानगरकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
६०८ पटक

पोखरा, ४ मंसिर । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।

पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बसकी गुरुङले भनकी छन्, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु ।”

प्रतिकृया दिनुहोस्