News Portal

होल्डिङ सेन्टर हटाउन काँकरभिट्टामा मौन प्रदर्शन

रातोपोस्ट संवाददाता
६८० पटक

काँकरभिट्टा, १० मंसिर । पूर्वी नाका काँकरभिट्टामा सञ्चालित होल्डिङ सेन्टरको सिण्डिगेट हटाउन होटल तथा ट्राभल व्यवसायीले माग गरेका छन् ।

पूर्वी नाका काँकरभिट्टामा विगत १० महिनादेखि सरकारले होल्डिङ सेन्टर सञ्चालन गर्दै आएको छ । भारतबाट नेपाल भित्रने नागरिकलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा राखिँदै आएको छ । तर, होल्डिङ सेन्टरको नाममा मनपरी भएको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले होल्डिङ सेन्टरलाई हटाएर व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन सरकारसँग माग पनि गरेका छन् ।

होल्डिङ सेन्टर हटाउन माग गर्दै बुधबार(आज) काँकरभिट्टामा मौन र्याली निकालिएको छ । होटल व्यवसायी संघ मेचीनगर र झापा जिल्ला ट्राभल संघको अगुवाईमा निस्किएको मौन र्यालीले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो ।


र्यालीपछि आयोजित कोण सभामा होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजु अधिकारी, मेचीनगर अध्यक्ष गोपाल श्रेष्ठ(सुरेश), सचिव राम तामाङ, जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्की, पेमा तामाङलगायतको उपस्थिति थियो ।

दुवै संघले होल्डिङ सेन्टर हटाउन माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र समेत बुझाउँदै छ । होल्डिङ सेन्टरको एकद्धार प्रणालीले काँकरभिट्टा क्षेत्रको व्यवसायमा असर परेको व्यवसायीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्