News Portal

पछिल्लाे २४ घण्टामा झापामा ४१ जनामा काेराेना संक्रमण, हालसम्म १०८ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
६१९ पटक

झापा, १४ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ४१   जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ।

संक्रमित हुनेहरूमा भद्रपुरका २ ,  दमकका ९ जना, विर्तामाेडका २ , गाैरादह १ , कनकाइ १ र हलदिबारीका २ जना रहेका छन्। त्यस्तै अर्जुनधाराका ७ जना , गाैरिगन्ज १ , कमलमा १  झापामा १४ , र पाचथर ठेगाना भएका १ जना सहित  जम्मा ४१ जनामा संक्रमण पुष्टि भएकाे  स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जिवन चौलागाईँले जानकारी दिएका छन्,।

आजसम्म  झापामा ३३०८४ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या ३८१४ पुगेकाे छ। त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या २४९८ रहेकाे छ भने आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या १२०८ रहेकाे र हालसम्म १०८ जनाकाे मृत्यु भएकाे छ।

प्रतिकृया दिनुहोस्