News Portal

पत्रकार माथि हातपात गर्ने भ्रष्ट कर्मचारीलाई जनकारबाही गर्ने विप्लव नेताकाे चेतावनी

रातोपोस्ट संवाददाता
१२८४ पटक

झापा,१७ मंसिर । माउन्टेन टेलिभिजनका झापा सम्बाददाता एवम् अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे माथि दमककाे मालपोत कार्यालयमा भएको हातपातकाे घटनाप्रति नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले चासाे देखाएको छ।

आज साँझ विप्लव नेकपाका पुर्व झापा जिल्ला इन्चार्ज समेत रहेका युवा नेता सुमनसिंह पाैडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भ्रष्ट र दलालहरू नसच्चिए जनकारबाही गर्ने समेतको चेतावनी दिएका छन्।

उनले लेखेका छन्,- झापाका भ्रष्टाचारमा लिप्त कर्मचारीहरू आफ्नाे अौकात र सिमा पार गर्दै पत्रकारहरू माथि आक्रमण गर्ने स्तरमा उक्लिएकाे देख्दा भ्रष्टहरू प्रति दया जागेर आयो । खबरदार भ्रष्ट / दलाल हो । गम्भीर प्रकारको जनकारबाही भाेग्नुपर्ला। बेलैमा सदबुद्धि पलाओस। यसअघि पनि यसै मालपोत कार्यालयका एक अधिकृतलाई भ्रष्टाचारको अभियाेगमा विप्लव नेकपाले जनकारबाही गरेको थियोे ।

प्रतिकृया दिनुहोस्