News Portal

सरकारको असंवैधानिक कदम विरुद्ध झापामा काङ्ग्रेसको प्रदर्शन

रातोपोस्ट संवाददाता
७०० पटक

झापा,२५ पुस। सरकारले असंवैधानिक कदम चाल्दै संसद विघटन गरेको विरोधमा नेपाली काङ्ग्रेसले झापामा प्रदर्शन गरेको छ।

नेपाली काङ्ग्रेस प्रदेश कमिटीको आयोजनामा झापाकाे काकडभिट्टामा काङ्ग्रेसले संसद विघटनको विरोधमा चर्को नाराबाजी गर्दै बजार परिक्रमा गरेको छ। पुर्वि नाका काकडभिट्टाकाे हनुमान मन्दिर परिसर बाट सुरु भएको प्रदर्शन बजार परिक्रमा पश्चात् साेही स्थानमा आइपुगेर काेणसभामा परिणत भएको थियो ।

कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का सभापति हर्क फ्याक लिम्बुको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा पुर्व मन्त्री केशव कुमार बुढाथोकी रहेका थिए भने अतिथिहरूमा पुर्व संविधानसभा सदस्य उषा गुरुङ ,नेपाली काङ्ग्रेसका प्रदेश उपसभापति हिम्मत क्षेत्री ,क्षेत्रीय सभापति मणि कुमार उप्रेती ,जिल्ला सचिव ताराविर कटुवाल ,प्रेम सुम्वाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे नगर सभापति इन्द्र बुढाथोकी लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा नगर सभापति इन्द्र बुढाथोकी ,जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे ,पुर्व संविधानसभा सदस्य उषा गुरुङ ,प्रमुख अतिथि केशव कुमार बुढाथोकी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन प्रदेश सचिव बद्री खड्काले गरेका थिए।

कार्यक्रमलाई संवाेधन गर्दै पुर्व मन्त्री समेत रहेका प्रमुख अतिथि बुढाथोकीले सरकारकाे तिव्र आलोचना गरेका थिए। उनले केपी ओलिले एकलौटी ढंगले संसद विघटन गर्नु असंवैधानिक रहेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र समसेरलाई सचेत गराउँदै कानुन संवत् फैसला गर्न , उनको कार्यकाल २ वर्ष मात्रै रहेको र २ वर्ष पश्चात् सडकमा हामी जस्तै गरि आउनुपर्ने बताए ।

कार्यक्रममा अधिकांश वक्ताहरूले सरकारकाे असंवैधानिक कदमकाे घाेर विरोध तथा भत्र्सना गरेका थिए ।

प्रतिकृया दिनुहोस्