News Portal

भरूवा बन्दुक सहित एकजना पक्राउ

रातोपोस्ट संवाददाता
१०८२ पटक

बेनी,४ माघ। प्रहरीले भरूवा बन्दुक सहित एकजनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा   म्याग्दीको मालिका गाउँपालिका–१  निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई अबैध भरुवा बन्दुक सहित शनिबार साँझ पक्राउ गरेको  हाे।

‘फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी पठाएकाे र  उनको साथबाट भरुवा बन्दुकको साथै एक हजार ३८० ग्राम बारुद, काँटी सहितको १ थान सलाई, खैनीको डिब्बा भित्र केपहरु, तीन वटा फलामको रड बरामद गरिएको  प्रहरीले जानकारी दिएकाे छ।’

फगामीको घरबाट बरामद भएको बन्दुकको लाइसेन्स नभएकाले अबैध भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्