News Portal

मेचीनगरबाट प्रतिबन्धीत लागू औषधसहित १ जना पक्राउ

रातोपोस्ट संवाददाता
४३८ पटक

झापा, १४ फागुन । झापाकाे मेचीनगर नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका ३ का २१ वर्षीय उदयकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मेचीनगर नगरपालिका मेचीपुलबाट प्रतिबन्धीत लागूऔषध ५ ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेकोे झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

बिहिबार साढे चार बजे चेकजाँचका क्रममा लुकिछिपी ल्याउदै गरेको लागूऔषध ब्राउनसुगर बरामद गरी साहलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरी प्रवक्ता थापाले बताए ।

प्रतिकृया दिनुहोस्