News Portal

नयाँ सरकार गठनबारे कांग्रेस-जसपा छलफल गर्दै

रातोपोस्ट संवाददाता
५४० पटक

काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई बुढानिलकण्ठ बोलाएका छन् ।

शुक्रबार दिउँसो ४ बजे देउवाले जसपाको वार्ता टोलीलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका हुन् । नयाँ सरकार बनाउनेबारे छलफल हुने देउवा निकट एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकमा प्रतिनिधि सभा पुन:स्थापित संसद्‌ सञ्‍चालन, जसपाको मागबारे पनि छलफल हुने बताइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ४ बजे कांग्रेससँग छलफल हुने  साथै  ‘कांग्रेससँग हाम्रो एजेण्डाको विषयमा छलफल हुन्‍छ’ यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्