News Portal

झापामा माओवादी केन्द्रकाे पार्टी कार्यालय पुनः स्थापना

रातोपोस्ट संवाददाता
१२१५ पटक

झापा, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले झापामा जिल्ला पार्टी कार्यालय पुनः स्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड–१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै शुक्रवार जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको छ । पार्टी कार्यालय सञ्चालन साथै पार्टीको साइन बोर्ड राखेर पार्टी कार्यालय औपचारिक उद्घाटन गरिएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य रेवतराज पुरी (गगन), ज्योतीसिंह दर्लामी, विद्यार्थी नेता, युवा नेता, मजदुर नेताहरुकाे उपस्थिति थियो । कार्यक्रमको सञ्चालन मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।

प्रतिकृया दिनुहोस्