News Portal

१३२ औं मे दिवस र आगामी कार्यभार

D.B. सर्वश्रेष्ठ
८२२ पटक

श्रमिक बर्गको सत्ता स्थापना गर्ने महान सिध्दान्त प्रकाशित भएको १७० वर्ष पुग्यो । आज बिस्व भरिका श्रमजीवी जनता त्यहि सिध्दान्तको जगमा उभिएर सुन्दर सपनाको खोजि गरिरहेका छन् । खाना र नानाका लागि आफ्नो जीवन सुधार पुजिबादी ब्यबस्थाका विरुद्ध झन्डा हल्लाउदै अमेरिकाको सिकागोमा तेस्रो र चौथो मई सन् १८८६ का दिन सासकहरुले आफ्ने फौज लगाएर मजदुरहरुको निर्मम हत्या गरेको आज १३२ औं बर्ष पुगिसकेको छ । विभिन्न देशहरुमा कसैले उत्सब र कसैले बिद्रोहको रुपमा स्मरण गर्दै छन् ।

मई दिवस मनाउनुको सार्थकता भनेको मजदुर आन्दोलनलाई अगाडि बढाउनु र पुँजीवाद ब्यवस्था र यसका अवयवहरुको विरुद्ध बैज्ञानिक साजबादी ब्यावस्था स्थापनाको लागि मजदुर आन्दोलनको दिशा निर्देश गर्नु हो । त्यसैले अन्तराष्ट्रिय सर्वहारा बर्गको एक्यवद्धता देखा परो र सर्वहारा वर्गलाई वर्गसंघर्षको ठूलो ज्ञान प्रदान गर्‍यो । श्रम र पुँजी विचको संघर्षले अन्तर्राष्ट्रिय मई दिवसलाई अगाडि बढाउन मद्दत गर्‍यो आज त्यही दिनको परिकल्पना गर्दै अन्तर्राष्ट्रिय मजदुर दिबस मनाउन सुरु गरिएको ठिक १३२ बर्ष भयो आज पुन संनसार भर । मजदुरहरु तानाशाही सासकहरु विरुद्ध विकल्प खोजिरहेका छन् !

पृष्ठभूमि …

आफ्नो पसिनाकाे मुल्य खोज्दै बेलायतमा पुजिपतिसंग त्यहाका मजदुरहरुले खाना र नानाको आन्दोलन चलाउदै राजनैतिक आन्दोलनको लागि संगठित हुन थाले पछि बेलायती सांसकले सन् १८२४ मंजदुरहरुलाई केही कानुनी सुविधाहरु दिने कुरा त आयो तर मजदुरहरुलाई राजनैतिक अधिकारबाट बन्चित गरियो र मजदुरलाई सत्ताबाट टाढै राखियो मजदुरहरू कमजाेर नै रहे तानाशाहीहरुले दमन गरि नै रहे । सन् १९३० को दशकमा दमनको बिचबाट मजदुहरुको गतिविधि बढाउन थाले त्यस पछि विभिन्न देशहरुमा काल्पनिक समाजवादी विचारहरुको जन्म हुन थाल्यो र सन् १८३० को दशकमा मजदुर संघ स्थापना हुन थाले त्यस सगठन भित्र काल्पनिक समाजबादीहरुको प्रभाव थियो ।

समाजको ऐतिहासिक विकासका आधारमा मजदुहरुको दयनीय जीवनबाट प्रभावित भएर उनीहरुको उपकार गर्ने आदर्शवादी विचाहरुद्धारा प्रेरित भएर मजदुर सगठनको जन्म भएको थिए । त्यही बेला देखि पुजीवादी चिन्तन बोकेका राजनैतिक पाटीहरुले फ्रान्सेसी होस् वा बेलायती या अमेरीकी, जताततै पूँजीवादी प्रजातान्त्रिक क्रान्तिहरु चलिरहेको बेला मजदुरहरुलाइ मज्जाले प्रयोग गरेका थिए । तर पनि क्रान्तिहरुमा मजदुरहरु निरंकुश राजतन्त्रका विरुद्धमा पूँजीवादी क्रान्तिलाई सफल पार्न ऎतिहाससिक लडाइ लडेका थिए । तर पनि शोषणको चक्र रोकिएन बरु थोरै दमनको स्वरुप फेरियो । दिनमा १८ घण्टा काम गर्नु पर्ने अवस्था कायमनै रह्यो । तर राजनैतिक ब्यावस्थामा प्रजातान्त्रिक परिपाटी स्थापना भयो। तर सामन्ती समाजमा भन्दा शोषण विकराल हुँदै आयो, आर्थिक असमानता झन् गहिरिदै गए, भने पुँजीवादि शोषणले राष्ट्रिय सिमा नाग्यो ।

१८४५ मा एंगेल्सले आफ्नो लेख–

एंगेल्सले एक्यवद्धताको व्याख्या गर्नु भयो । उहाँले भन्नु भयो– “सबै देशका मजदुरहरुको एउटै मात्र उद्देश्य छ, एउटै मात्र शत्रु छ, र एउटै मात्र संघर्ष छ । मजदुर वर्गले मात्र मजदुरहरु माथि लादिएको पक्षपातपूर्ण कानुनलाई च्याती सर्वहारा नेतृत्व कायम गर्न सक्छ भन्ने सन्देश पठाए पछि सन् १८४० को मध्यमा जर्मन, फ्रान्स, इटली र पेरिस प्रवसी मजदुर लिगको नाममा सगठित गर्दै (१८३६–१८३७) मा ‘सबै मान्छे दाजुभाई हुन्’ भन्ने मुल नाराका साथ यो लिगले राष्ट्रियता र सामाजिक अन्यायका विरुद्ध संघर्ष गर्ने लक्ष्य तय गर्यो । लगतै यो लिगले सन् १८४७ जनवरीमा माक्र्स र एंगेल्सलाई पनि समाहित गर्यो । सन् १८४७ जूनमा लण्डनमा भएकोे प्रथम सम्मेलनबाट यसको नाम ‘द लिग अफ कम्यूनिष्ट The League of Communist मा फेरियो र नारा ‘संसारका मजदुरहरु एक होऔं’ भनी तय गरियो । यो नाराले सर्वहारा वर्गको स्वतन्त्रताको निम्ति क्रान्तिकारी संघर्ष चाल्नु पर्ने बाटो देखायो । लिगले सन् १८४८ आफ्नो घोषणा पत्र ‘कम्युनिष्ट घोषणा पत्र’ लेख्ने काम माक्र्स र एंगेल्सलाई जिम्मा दिइयो ।

त्यस पछि मजदुरले आफ्नो अभिभाबक पाएको महसुस गर्ग्दै मजदुरहरुले अन्तराष्ट्रिय तवरले संगठित हुनपर्ने आवश्यकता महसुस गर्न थालेका थिए । र सन् १८६४ सेप्टेम्बर २४ मा लण्डनमा फ्रान्स र बेलायतका मजदुरहरुको पहलले The International Working Men Association को स्थापना गरे । यो एसोसियसनले अन्तराष्ट्रिय सर्वहारा एक्यवद्धता स्थापना गर्न कोशेढुङ्गाको रुपमा काम गर्यो । यो एसोसियसनलाई‘प्रथम अन्तराष्ट्रियँ The First Internationale नामले पनि चिनिन्छ । यो एसोसियसनले सन् १८६० को अन्त र सन् १८७० को उत्तरार्धमा उठेका विभिन्न मजदुरसंघ’र्षहरुमा एक्यवद्धता जनाए र सहयोग गरे । यही समयमा फ्रान्समा पेरिस कम्युनगार्डहरुले पेरिस कम्युन स्थापना गरे । मजदुर वर्गको पहिलो राज्यसत्ताको रुपमा देखिएको कम्युन सन् १८७१ मार्च १७ देखि सन् १८७१ मई २८ सम्ममात्र रहन सफल भयो ।

७२ दिनमै पेरिस कम्युन टुंगिए पछि लाखौं सर्वहारा मजदुरहरुको मन टुन्न पुगेको थियो! त्यही बेला निर्मम ढंगबाट बदलाको आक्रोशमा पुजिबादी वर्गले कम्युन गार्डहरुलाई दवाए पनि विरोधको लहर सर्वहारावर्गबाट विलाएन । प्रथम अन्तराष्ट्रियले यस्तो अवस्थामा प्रवासी कम्युनिष्ट र मृत्यु दण्डित परिवारलाई ठूलो सहयोग गरे । पेरिस कम्युनको बहादुरी र प्रथम अन्तराष्ट्रियबाट तर्सिएर यूरोपीयन सरकारले यसका शाखामाथि प्रतिवन्ध लगाए पनि धेरै समयसम्म यसले आफ्नो संघर्षका क्रार्यक्रम नै राखेका थिए तर घोर दमन र निराशाको बेग्लाइ मद्य्यानजर गर्दै साधारण मानिसहरुले अब विश्व मजदुर आन्दोलन फेरि कहिले पनि उठ्न सक्दैन भनेर सोच्न थालेका थिए तर त्यो धारणा छिटै नै गलत सावित भयो र मजदुर आन्दोलनले फेरि व्यापकता पाउन थाल्यो ।

पेरिस कम्युनपछि अमेरिकामा मजदुर आन्दोलनले सवैभन्दा बढी विकाश गर्यो उठ्दै गरेको समाजवादी र समाजिक प्रजातान्त्रिक (लोकतान्त्रिक) पार्टीहरुले यो अवधिमा सर्वहारा अन्तराष्ट्रियवादी भावना स्थापना गरे । अन्तराष्ट्रिय रुपमा उठेका यी यस्ता आन्दोलनहरुको एउटै मात्र माग हुन्थ्यो– ‘आठ घण्टाको काम र उचित ज्याला’ । यि अनि यस्तै मागले नै सन् १८८९ को जुलाईमा एंगेल्सको नेतृत्वमा ‘दोस्रो अन्तराष्ट्रिय ( The Second Internationale ) को स्थापना भयो ।

८ घण्टा कामको आन्दोलन

सन् १८८० को मध्य समयमा अमेरिकाले औद्योगिक क्षेत्रमा ठूलो फड्को मारेतापनि त्यहाँको सामाजिक र आर्थिक असमानता उच्च थियो । मजदुरहरुले घटीमा पनि प्रति दिन १८ घण्टा काम गर्नु पर्दथ्यो । अमेरिका विभिन्न देशहरुबाट आएका प्रवासीहरुको जमघटको थलो भएको कारणले गर्दा त्यहाँ मजदुर आन्दोलन अगाडि बढाउन भाषिक रुपमा र सामाजिक रुपमा बाधा थियो । यसको कारणले बुर्जुवा वर्गले मजदुरहरुमाथि आफना कानुनहरु लाद्न सफल भए । त्यस पछि सन् १८८१ मा मजदुर संगठनको स्थापना भएतापनि सन् १८८६ मा मात्र उसले आफ्नो मजदुर आन्दोलन अगाडि बढाउन सक्यो ।

अक्टोबर १८८४ मा ‘अमेरिकी फेडरेसन अफ लेबर’ ले चौथौं महाधिवेसनवाट १ मई १८८६ बाट कानुनी रुपले कामको दिन ८ घण्टा हुनेछ भनी निर्णय लिएको थियो । सन् १८८५ मा भएको फेडरेसनको अधिवेसनमा पुनः त्यही प्रस्ताव दोहोर्याइयो र मजदुर संगठनले संघर्ष तयारी गर्यो । सन् १८८६ मई १ बाट आन्दोलन छेड्ने घोषणा गर्यो । यही क्रममा सिकागो शहरमा भएको प्रदर्शन उल्लेखनीय रह्यो । पुँजीपति वर्गको वर्चश्व भएको सिकागो शहरमा उनीहरुले पनि यही दिन सुरक्षा गार्ड, पुलिस, घोडचढी सिपाहीहरुतैनाथ गरिएका थिए ।

तिनीहरु माथिल्लो आदेशको पर्खाइमा बसिरहेका थिए । बुर्जुवा सञ्चार माध्यमले मजदुरहरुको त्यो आन्दोलनलाई घृणा गरे । ‘सिकागो मेल’ को सम्पादकीयमा दुई जना खतरनाक हत्यारा, दुई जना डरछेरुवाहरुले मजदुरहरुलाई उस्काएर शहरमा आतंक मचाउदै छ र ती दुई व्यक्ति कभनी लेखे । सिकागोका खवर पत्रिकाहरुले आन्दोलनमा सहभागी मजदुरहरुलाई निर्ममतापूर्वक दवाउने छ भनी चेतावनी दिए । सिकागोका बाटाहरुमा शसस्त्र पुलिस र सेना भएता पनि दसौं हजार मजदुरहरुले प्रदर्शन गरे । अमेरिकाको त्यस्तो कुनै शहर थिएन जहाँ आठ घण्टा कामको मागलाई लिएर हड्ताल र आन्दोलन नभएको होस् । यो आन्दोलनमा दशौं लाख मानिसहरुले भाग लिएका थिए ।

आन्दोलन भएको तेस्रो दिन अर्थात मई तेस्रोमा कारखाना मालिकहरुले मजदुर माथि दवाउने नियत गरे । हडतालमा भाग लिने सबैे कारखानाका मजदुरहरुलाई गोलीले उडाउने धम्की दिए । MC Cormic कारखानामा हड्ताल गर्ने ३ सय मजदुरहरु समातिए । मजदुरहरुले तिनीहरुलाई छुटाउने प्रयत्न गरे । यसै क्रममा पुलिसले मजदुरहरु माथि गोली चलायो । चार जना मजदुरहरु मारिए । यस घटनाले सिकागोको मजदुर वर्गमा शत्रुको विरोधमा बदला जाग्यो । स्थिति झन् चर्कियो । यो घटना नियोजित थियो–मजदुरहरुको आन्दोलन दबाउन । चौथो मईको दिन मजदुरहरुले गोलीकाण्डको विरोधमा हे मार्केट चोकमा विरोधसभा आयोजना राखे । सभामा पुलिसले ठूलो पहरा दिइरहेका थिए । एबचकयलक र उसका साथीहरुले मजदुरहरुलाई आफ्नो माग शान्तिपुर्ण तरिकाबाट पुरा गराउन निर्देशित गर्दै थियो । शिकागोका मेयर ज्बचचष्कयल त्यो सभामा उपस्थित थियो । त्यो दिन १० बजेबाट ठूलो वर्षा भयो । मिभलले आफ्नो मन्तव्य राख्दै थिए । त्यही बखत १८० जनाको शसस्त्र प्रहरी त्यस चोकमा छिरे ।

पुलिसका कप्टानले सभा विथोल्न खोजे । अचानक बम पड्कियो । एक जना पुलिस र पाँच जना मजदुरहरु घाइते भए र मरे । सात षड्यन्त्रकारीहरु– स्पाइस, फिल्डन, फिस्चर, ऐन्गेरर, लिन्च, स्क्वास र नेबे पक्राउ परे । आठौं षड्यन्त्रकारीका रुपमा एबचकयलक केही हप्ता पछाडी समातिए । न्यायधिसले बम काण्डमा को–को उपस्थित थिए त्यसको ख्यालै नगरी सातलाई फाँसी दिने निर्णय सुनाए । जबकी त्यो काण्ड भएको बेला मात्र पार्सन्स उपस्थित थिए । बुर्जुवा वर्गले आन्दोलनकारीहरुको बद्नाम गरे, सजाय दिए र षड्यन्त्रकारीलाई फाँसी दिई मजदुरहरुलाई चेतावनी दिए । यो घटना पछाडिको राजनैतिक उद्देश्य मजदुर आन्दोलन दबाउनु थियो । २० अगष्ट सन् १८८६ का दिन सात जनालई फाँसी र अर्को एकलाई १५ बर्षको जेल सजाय सुनाए ।

कयौं देशका मजदुर वर्ग, समाजसेवी र उदार वुर्जुवा समुदायले यो निर्णयलाई फिर्ता लिन माग गरे । तर Filden र Squash लाई मात्र आजीवन कारावासको सजायमा बदलियो । Linge फाँसी दिने रातमा मरे । सन् १८८७ नोवेम्बर ११ का दिन पार्सन, स्पाइस, फिस्चर र ऐंगेललाई शिकागोमा फाँसी दिए । लज्जास्पद हत्याकाण्डको पाँच वर्ष पछाडी ती शहीदहरुलाई चिने । शिकागोको गभर्नरले न्यायधिसको फैसला गलत भएको घोषणा गरे । उसले बाँकी कैदीहरुलाई छोडे । न्यायधिसको खुब आलोचना भयो । यसरी मजदुरहरुलाई ८ घण्टा कामको लागि यसले संघर्षमा सहभागी गराउन ठूलो सहयोग गरे । यो यस्तो संघर्ष थियो, जसले संसारभरिका मजदुरहरुलाई मई दिवस मनाउन घचघच्याइयो । सन् १८९० बाट दोस्रो अन्र्तराष्ट्रियले मईको प्रथम दिनलाई ‘अन्तराष्ट्रिय मई दिवस’ को रुपमा मनाउने निर्णय गर्यो । आज मई दिवस विश्व मजदुर आन्दोलनको सबै भन्दा महान तथा प्रेरणाको स्रोत बनेको छ र यस बर्ष सम्म आइपुग्दा १३१ औ मे दिबस सुभकामना आर्दान प्रदान गरिरहेको छ यसै सन्दर्भमा संन्सार भरका मजदुरहरुलाइ शुभकामा दिन चाहान्छु !

अहिलेको पुजिबाद

पेरिस कम्युनदेखि रुसि समाजबादी क्रान्ति हुँदै पहिलो र दोस्रो बिश्वयुद्ध सम्म आइपुग्दा ब्यापारिक र प्रतिस्पर्धात्मक औद्योगिक पुजिबाद र एकाधिकार पुजिबादले उत्पादन गरेको उत्पिडक राष्ट्रहरु बीचमा दम्ब र कुण्ठित क्रोसको कारण उत्पन्न भएको बिवादका कारण अहिले विकसित पुजिवादी मुलुकहरु शक्ति रास्ट्र को हुने भन्ने अन्तर बिरोधमा फसेको हो । यस्तो बेलागम संसार भरका मजदुर संकटमा पर्ने खतरा हुन्छ ! पुजिबादी ब्यावस्थाले मजदुरलाई गाँस बाँस र सुख सुबिधा तत्काललाई ब्यावस्ता गरेजस्तो देखिने तर गुघाउरो बाटोबाट सबै उसैले लुट्ने निति तयार गरेको पाइन्छ । र मजदुरका मातवत्मा केही नराख्ने र सकट आइलाग्दा पुर मजदुर सडकै खान नपाउने अबस्थामा पुर्याउने रणनीति तयार पारेको अहिले पुजिबादी चरित्र देखिएको छ ।

अहिलेसम्म समाजमा बुझ्ने कुरामा दुईमत देखिन्छन् सहजै साम्राज्यवादले बिश्वब्यापी हस्तक्षेप मात्रै देखेर पुग्दैन एकाधिकार पुजिबादले साम्राज्यवादको उदय गरायो र एकाधिकार पुजिबाद र राष्ट्रिय पुजिबादको अन्तरदोन्दको कारण शक्ति राष्ट्रहरुको युद्धको सुरुवात भएको कुरामा स्पष्ट हुन जरुरी छ यसले अब बहुराष्ट्रिय पुजिबाद र दलाल पुजिबादको अन्तिममा हुने अन्तरदोन्दको कारण मानव सभ्यता नै खतरापूर्ण संकट पर्ने देखिन्छ । भुमण्डलिकृत पुजिबादले सरकार भन्दा माफिया शक्तिशाली बनाउने गर्दछ र तिनै माफियाहरु बीचमा बहुराष्ट्रिय पुजीवादीहरुको अन्तरबिरोध र त्यसैको दुसपरिणाम मानव बिनासको नीति तयार गर्ने छ । त्यसैले मानव सभ्यताको बिकास नभएर बिनास गराउने अनिवार्य देखिन्छ त्यसकारण समाजमा उत्पन्न समस्याको हल भनेकै राष्ट्रिय पुजिलाइ दलाल पुजिबादबाट स्वतन्त्र बनाउने बैज्ञानिक विधि भनेकै सामुहिकरणको माक्र्सले अघि सारेको अतिरिक्त मुल्यको सिधाान्त अनुरुप पुजि र श्रम बिचको अन्तर बिरोध हल गर्ने सैद्धान्तिक अबधारनानै पुजिबादको बिकल्प बैज्ञानिक समाजबाद हो । अहिलेनै के दाबी गर्न सकिन्छ भने मानव सभ्यताको बिकाससगै मजदुरको मुक्तिका लागी पुजिबाद घातक छ भन्ने तथ्यगत आधारहरु छन जस्तै अहिलेको माहामारीमा कहि कतै पनि मानिसको सुरक्षाका लागि कुनै पनि औसधि उत्पादन र बितरणमा लागि परेको देखिदैन त्यसैले अब पुजिबाद्को विकल्पमा आम मजदुरहरु उभिनु पर्ने देखिन्छ ।

अहिलेको अन्तरबिरोध

अहिले सम्मकै इतिहास अध्यन गर्दै जाने हो भने हिजोको सामाजिक अन्तरबिरोध बर्गिय असमानता मात्रै थियोे । जस्ले समाजको उपल्लो बर्ग र समुदाय राज्यको आडमा उत्पीडित बर्ग समुदाय दमन र शाेषणमा प्रताडित हुनुपर्ने अबस्थामा उत्पीडित बर्ग समुदाय सिदै राज्य ब्यवस्थासग आमन्ने सामन्ने राजनीति निकासाका लागि वर्गसंघर्षको माध्यमबाट मुक्तिको विकल्प खोजदथ्यो । अहिलेको विश्व बर्गिय असमानता लाई यथावत राख्ने सिलसिलामा वर्गसंघर्ष र उत्पीडित राष्ट्रहरुले गरेको उत्पादनकालागी सघर्सलाई श्रम र उत्पादनका साधन र शक्तिलाई बिकेन्दिकृत गरेर बिकेन्दिकृत उत्पादन र केन्द्रीकृत बितरण हुनु जसबाट बिज्ञान प्रबिधिको प्रयोगमा ल्याएर भुमण्डलिकृत बहुराष्ट्रिय पुजिबादले राष्ट्रिय पुजीवादको रुप बदलिएर दलाल पुजिबादमा रुपान्तरण हुनु मध्यम पुजिपती बर्ग अस्वाभाबिक रूपमा मजदुर बर्गमा परिनत हुनुले अबको मुख्य अंतर्विरोध सिदै भुमण्डलिकृत बहुराष्ट्रिय दलाल पुजिबाद र बैज्ञानिक समाजबादको बीचमा बनेको छ !

तत्कालीन समस्या र आगामी कार्यभार

अहिले मजदुरका समस्या हरु दुई खन्डमा बिभाजन गरेर ब्याख्या गर्नु पर्ने देखिएको छ ! कहि शक्ति सम्पन्न रास्ट्रका समस्या भनेको पुजिबादी सासकहरुको गुलियो बीस युक्त भोजन र अल्प शोख सुबिधा सग सम्बन्धि छ । यस्ले दैनिकी जीवन त्यति ठूलो असर पार्दैन तर दिर्घकालीन जिबनका लागि ठूलो असर पर्ने गर्छ किन भने पुजिबाद्ले निष्चित श्रमको मुल्य दिए पनि आफै फिर्ता गर्ने रणनीति बनाएको छ तपाइँ हातमा परेको जस्तो देखाएर गुनाउरो बाटो बाट आफ्नै पोल्टामा राख्ने र उसैको निगाहामा चल्नु पर्ने हुन्छ !

कुनै समय राज्नैतिक सकट आएको बेला आफ्नो हातमा केही हुदैन र भोक भोकै मर्ने हुन्छ ! यस्तो गम्भीर प्रकारको समस्या गुजिर्नु परेको छ भने अर्को समस्या भनेको झन गम्भीर छ ! श्रम एनले तोकेको ८ घण्टा काम ८ घण्टा आराम को नियम पनि आधाभुत श्रमिक को मा पुग्न सकेको छैन । यस को अनुगमन गर्ने निकाय श्रम कार्यालयको भुमिका खासै देखिन्न कानुन ऎन पनि कागजमात्र सीमित देखिन्छन / निम्न स्तर को ज्याला मजदुर झन दर्दब्नाक नक छ , बिरामी हुदा बिदा नदिने, औसधि नगरी दिने, गर्भवती सुत्केरी अवस्थामा समेत काम गर्नु पर्ने अवस्था छ / अझ महिला कामदार माथि यौन दुर्ब्यबहार आदि श्रमिकका जटिल समस्या त छदै छ झन त्यस्मा पनि बिचौलिया खडा गरेर दलाल पोसाउने कार्य तिब्र रुपमा बढेको छ । यस्तो जटिल समस्याले नेपालको युबायुवती बिदेशिन बाध्य छन् बिदेश जानबाट रोक्न र उत्पादन मुखी क्षेत्रमा लगानी गर्नु भन्दा कमिसनको क्षेत्रमा दलाल पुजिबादी सांसकहरु लिप्त भएको छन् !

हामी आज बिश्वभरि पसिना चुहाउँन बाध्य बनेका छौ संन्सार भर दासहरुको देश भनेर भन्दा नेपाल र दास नेपाली भन्ने परिचयमा छौ नेपालको सांसकहरु मान्छे बेच्ने दलाल रुपमा स्थापित भैरहेका छन् । हामी यस्तो समस्या गुर्जिरहेका छौ । हामी यस्तो अबस्थामा छौ कहिले खान नपाएर चिच्याउनु पर्ने र ब्यबारिसे भएर भोकै भोकै देश भित्र देश खोज्नु पर्ने घर भित्र घर खोज्नु पर्ने हामी यस्तै समस्याबाट मुक्तिको बाटो खोज्नु पर्ने भएको छ यस्ता खाल्का समस्याको सुत्रधार भनेको दलाल सोम्सोधनिय ब्यावस्था र बिस्वभरी सक्कट्मा रहेको पुजिबाद हो ।

यस्को बिकल्पमा हाम्रो मुक्ती सपना भनेको भनेको काल माक्र्स तयार पारेको अतिरिक्त मुल्यको सिदान्त हो अथवा बैज्ञानिक समाजवाद त्यो दिशा तिर उन्मुख हुन सन्सार भरिका मजदुरहरुलाइ संगठित गर्दै पुजिबादी ब्याबस्था विरुद्ध मोर्चा कस्नु हो । आज १३२ औ मजदुर दिबस सम्झदै गर्दा संन्सार भरिका मजदुरहरुकाे बिचल्ली भएको बेला विभिन्न सम्सोधबादी पाटीको प्रयोगबाट मुक्त हुँदै बैज्ञानिक समाजबादी ब्यबस्थाको लागि कम्मर कस्नु पर्ने अवस्था बनेको छ बैज्ञानिक समाजबादी ब्याबस्थाले मात्र मजदुरहरु रुदै हिड्नेबाट मुक्त हुन सकिन्छ त्यसैले सन्सार भरिका मजदुरहरु पुजिबादको बिकल्पमा समाजबादी ब्यावस्थाको लडाइमा लागि मे १ सर्थकता पूरा गरौ । संसारका मजदुरहरु एक हौ। बैज्ञानिक समाजवाद जिन्दबाद ।

प्रतिकृया दिनुहोस्