News Portal

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

रातोपोस्ट संवाददाता
७७७ पटक

काठमाडौं, २० बैशाख । नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुखद्वय पाण्डे र यादवलाई संविधानको धारा १६७ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषदले आजै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला त्रिपाठीलाई पदमुक्त गरी पौडेल र यादवलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रतिकृया दिनुहोस्