News Portal

कोभिड संक्रमितको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

रातोपोस्ट संवाददाता
६१५ पटक

काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका क्रममा तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । अस्पतालहरूमा अनुगमन गरी तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्न मन्त्रालयले प्रदेशका सामाजिक विकास मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सरकारले कोभिड केयर युनिट सञ्चालनका लागि सम्झौता गरेका अस्पतालहरूमा संक्रमितको उपचार गरेबापत् सामान्य उपचार खर्च ३ हजार ५००, मध्यमको ७ हजार र गम्भीर उपचारको शुल्क १५ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिनका दरले उपचार खर्च बेहोर्दै आएको छ ।

यसबाहेक संक्रमित आफैँले उपचार खर्च गर्न चाहेमा तोकिएको शुल्कमा बढीमा ५० प्रतिशतसम्म थप गरेर अस्पतालले शुल्क लिन पाउने व्यवस्था गरिएको छ  ।

प्रतिकृया दिनुहोस्