रातोपोस्ट संवाददाता
झापा, ३ असार । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् ।
मेचीनगर- ५ स्थित अधेरीका ४० बर्षिय अजय लिङ्देन मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर- ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा फेेेेला पारेको स्थानियले बताएका छन ।
अहिले घटनास्थलकाे बारेमा थप अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले बाट खटिए जनाएकाे छ ।