News Portal

चट्याङ्ग लागेर महोत्तरी दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
७२२ पटक

जनकपुर, १४ असार । वर्षासँगै परेको चट्याङ लागेर महोत्तरी मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका ५० वर्षीया प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार प्रेमशिलाको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैंसी चराउँदै गरेका अवस्थामा आज बिहान परेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको हो।

प्रतिकृया दिनुहोस्