News Portal

झापामा मंगलबार १४९ जना संक्रमित थपिए, १३३ निकाे भए

रातोपोस्ट संवाददाता
३७९ पटक

झापा, १५ असार । झापामा मंगलबार कोरोना संक्रमणबाट एन्टिजेनसहित १४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४७ महिलासहित १४९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज ३ जनाकाे मृत्यु भएकाे छ । जसमा अर्जुनधारा–४ की ८२ वर्षीया महिला, कमल–७ की ४७ वर्षीया महिला र चुलाचुली–५ की ३१ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या १३७७१, डिस्चार्ज ११८८७, आइसोलेसनमा १५६० जना, कुल संक्रमित एन्टिजेन २१७३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३४९ जना र आज निको भएर घर फर्किएका १३३ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्