News Portal

रोटरी क्लबद्वारा मेचीनगरलाई २ वटा ‘अक्सिजन कन्सन्ट्रेटर प्रदान

रातोपोस्ट संवाददाता
७८९ पटक

झापा, १७ असार । झापाकाे मेचीनगर नगरपालिकालाई रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२/२०२२ का नवनिर्वाचित अध्यक्ष रोहितकुमार बुढाथोकी नेतृत्वको टोली २ वटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ । रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष रोहितकुमार बुढाथोकी नेतृत्वको टोलीले मेचीनगर नगरपालिकालाई २ वटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको हाे ।

आज नगरपालिकाको सभा कक्षमा आयोजना भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीको टोलीले नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीलाई २ वटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको हो । कार्यक्रममा अध्यक्ष बुढाथोकी, नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले शुभकामना मन्तब्य राखेका थिए ।

धुलावारी स्थित आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्टको निर्माण कार्य पुरा गर्ने, स्थानीय निकायहरुसँगको सहकार्यमा सामाजिक कार्यहरुमा जोड दिने, आवश्यकता अनुसारको विभिन्न स्वास्थ्य शिविर तथा अन्तरक्रिया कामहरु गर्ने, शिपमुलक तालिमहरुलाई निरन्तरता दिने, शिक्षा तथा वातावरण क्षेत्रहरुमा विभिन्न कामहरु गर्ने लगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने भावी योजना रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्