News Portal

झापामा शुक्रबार ११८ जना संक्रमित, १२० निकाे

रातोपोस्ट संवाददाता
३७० पटक

झापा, १८ असार । झापामा शुक्रबार कोरोना संक्रमणबाट एन्टिजेनसहित ११८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४४ महिलासहित ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै, आज १ जनाकाे मृत्यु भएकाे छ । जसमा बिर्तामोड–४ का ३० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १४१०३, डिस्चार्ज १२३२२, आइसोलेसनमा १४५३ जना, कुल संक्रमित एन्टिजेन २३१६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३५५ जना र आज निको भएर घर फर्किएका १२० जना रहेको उनले जानकारी दिए ।

No photo description available.

प्रतिकृया दिनुहोस्