News Portal

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

रातोपोस्ट संवाददाता
३७५ पटक

इटहरी, १९ असार । सुनसरीकाे इटहरीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शुत्रबार दिउसाे ८४ ग्राम ब्राउनसुगरसहित भारतको बिहारस्थित अररीया ग्राम पञ्चायका- ३४ वर्षीय संजय चाैधरीलाई पक्राउ गरेको हाे ।

इटहरी- १६ बालग्राम चा‌ैकबाट शंका लागि टेम्पाे चेकजाँच गर्दा गर्ने क्रममा अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगरसहित क्रममा पक्राउ परेका हुन्।

उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।

प्रतिकृया दिनुहोस्