News Portal

माछापोखरीमा डुबेर झापामा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४२४ पटक

झापा, १९ असार । झापामा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ९ पोकापाडा निवासी अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार दिउँसो ३ बजे घरमा कसैलाई नभनी निस्किएका राजवंशी रातभर घर हराएका थिए । त्यसपछि उनी हराएको परिवारका सदस्यले स्थानीयबासीलाई जानकारी गराएका थिए ।

स्थानीयले खोज्ने क्रममा उनको शव शनिवार बिहान माछा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो । उनको शवलाई प्रहरी चौकी घोडामारा र १ नम्बर प्रदेश विपत् व्यवस्थापन कार्यालय भद्रपुरका टोली बिहान ९ बजे पोखरीबाट शव निकालेको डिएसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस्