News Portal

झापामा नेपाल-खनाल पक्षको नगर कमिटी विस्तार, अध्यक्षमा भट्टराई चयन

रातोपोस्ट संवाददाता
७५१ पटक

झापा, १९ असार । माधव नेपाल-झलनाथ खनाल पक्षका नेकपा एमालेले झापाकाे भद्रपुर नगर कमिटी गठनसँगै विस्तार गरेको छ ।

भद्रपुरमा शनिवार आयोजित एक भेलाले लोकनाथ भट्टराईको अध्यक्षतामा १२१ सदस्य सहितको नगर कमिटी विस्तार गरेको हो ।

नगर कमिटीको उपाध्यक्षहरूमा मिना पराजुली, देवीप्रसाद अधिकारी, देउधन (डिबी) राई, सचिवमा सानुकुमार लामा, उपसचिवहरूमा मुना खवास, टेडम्वराज निरौला, डिनलाल राजवंशी र गोकुल ढकाल रहेका छन् ।

जिल्ला कमिटीका उपाध्यक्ष चन्द्रामाया श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य दुर्गा भट्टराई, श्रिमन नारायण पौडेल, तारा रुचाल लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य लोकनाथ भट्टराईले राखेको कार्यक्रमको सञ्चालन निकास पाण्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्