News Portal

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

रातोपोस्ट संवाददाता
४२९ पटक

विराटनगर, १९ असार । आफ्नै श्रीमतीलाई मुङ्ग्रोले हानेर हत्या गरेको आरोपमा मोरङ बेलबारी नगरपालिका-७ का ५६ बर्षीय अम्बिका घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । उनले ४८ बर्षीया श्रीमती सीतालाई सुतेको अवस्थामा मुङ्ग्रोले निधारमा हानेर हत्या गरेका थिए ।

प्रहरीका अनुसार श्रीमतीको हत्यापछि घरबाट २ किलोमिटर दक्षिण रहेको गुवालीमा लुकी छिपी बसेको अवस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो ।घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली हत्याराको खोजीमा जुटेको थियो ।

उनले श्रीमतीको हत्या गरेको स्वीकार गर्दै शुक्रबार बेलुका मादक पदार्थ सेवन गरी घर गएको र श्रीमतीसँग सामान्य वादविवाद भएपछि दुवै जना सुतेको, राती उठी एक्कासी आवेशमा आएर काठको मुङ्ग्रोले प्रहार गरी श्रीमतीको हत्या गरेको वयान दिएका छन् । मृतक घिमिरेको बायाँ कन्चटमा चार/पाँच पटक मुङ्ग्रो प्रहार भएको छ । उनविरुद्ध ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्