News Portal

आज खीर खाने दिन अर्थात साउन १५

रातोपोस्ट
४०२ पटक

काठमाडौं, १५ साउन ।नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ ।

श्रावण महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ । खिर खाने चलन कहिले देखि शुरु भएको भन्ने बारे यकिन हुन नसके पछि खेतीपातीको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन बसेको संस्कतिविद्हरुको बताउँछन् ।

परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ ।

प्रतिकृया दिनुहोस्