News Portal

पीएसजीसँगको सम्झौता पछि मेस्सी पेरिस प्रस्थान

रातोपोस्ट संवाददाता
५७८ पटक

काठमाडौं, २६ साउन । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेको केही दिन भयो । मेस्सीलाई आफ्नाे क्लब ल्याउनका लागि विश्व फुटबलका ठूला क्लबले प्रयास गरे ।तर उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने पक्का भएकाे छ । 

पीएजीसँगको सम्झौताका लागि मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरेका छन् । मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् । पीएसजीसँग दुई वर्षे अनुबन्धको सहमति बनेपछि मेस्सी पेरिस लागेका हुन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेर फ्रेन्च क्लबमा आबद्ध हुन लागेका हुन् । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस्