News Portal

कार्यान्वयन भए मौद्रिक नीति राम्रै छ : पूर्व गभर्नर क्षेत्री

रातोपोस्ट संवाददाता
४२० पटक

काठमाडौं, ३० साउन । पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताएका छन् । उनले मौद्रिक नीतिमा राहत र पुनःस्थापनाबारे कुरा गरिए पनि सोअनुरूप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उनको भनाइ छ ।

उनले भने,यसअघिको मौद्रिक नीतिले निजी क्षेत्रमा पनि आशावादी बढेको थियो, तर कार्यान्वयनको पक्षमा अलिकति कमजोर भयो । अहिले आएको नीतिमा कसिलो मौद्रिक नीतिको आवश्यकता हो भनिएको छ, अहिले आएको मौद्रिक नीतिमा साना, लघु, मझौला व्यवसायीहरूलाई प्राथमिकता दिने भनिएको छ, यो राम्रो कुरा हो ।

यस पटकको मौद्रिक नीतिमा गत सालको तुलनामा केही जाँगर चलाएर आफूहरू अघि बढ्छौँ भनेर आश्वासन दिइएको पनि क्षेत्रीको भनाई छ । उनले अर्थमन्त्री जनार्दन शर्मा जनयुद्धको कमान्डर भैसकेको व्यक्ति भएकोले र उनले ‘म पैसाको लालच गर्दिन, काम गर्नुहोस्, म विभेद गर्दिन’ भनेर कर्मचारीलाई भनेकोले मन्त्री शर्मा अनुशासनमा रहे राम्रो काम हुने विश्वास दिलाए ।

प्रतिकृया दिनुहोस्