News Portal

माधव नेपाल दरो रुपमा उभिएकोले सरकार टिकेको प्रचण्डको भनाई

रातोपोस्ट संवाददाता
३७० पटक

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरबहादुर देउवा नेतृत्वको सरकार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको अडानका कारण टिकेको बताएका छन् ।

शनिवार पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले सो कुरा बताएका हुन् । उनले सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने भन्दै माधव नेपाल दरो रुपमा उभिएको हुनाले सरकार कारण टिकेको बताए ।

अहिलेको सरकार माधव कमरेडको कारण टिकेको छ’ उनले भने – उहाँ दरो रुपमा उभिएको हुनाले मात्रै हाम्रो बहुमत पुगेको छ, तर सरकार जतिबेला पनि अल्पमतमा पर्नसक्छ । प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताउदै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले गठबन्धनलाई भत्काउन खोजेको बताए ।

प्रतिकृया दिनुहोस्