News Portal

बैंकको कर्जा हिनामिना गरेर फरार रहेका युवकलाई पोर्चुगलबाट पक्राउ गरि नेपाल ल्याइयो

रातोपोस्ट संवाददाता
३१६ पटक

काठमाडौं, ३० साउन । नक्कली कागजजात बनाएर ऋण लिई फरार रहेका काभ्रेका एक युवकलाई पोर्चुगलमा पक्राउ गरि नेपाल ल्याइएको छ । काभ्रे जिल्ला भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगल प्रहरीको सहायतामा पक्राउ गरि नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

उनिबिरुद्ध २०७५ मंसिर २१ मा देव विकास बैंकको दुई करोड ७१ लाख ७६ हजार रूपैयाँ कर्जा हिनामिना गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालत ललितपुरले उनिसहित १२ जनालाई नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर अभियोगमा दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अन्य संलग्नहरु पक्राउ परेपनि उनी भने फरार रहेका थिए । प्रहरीको अनुशनधान र खोजका क्रममा उनलाई प्रहरीले नेपालभित्रै नभएको शंका गरेको थियो ।

त्यसपछि प्रहरीले गत बैशाखमा इन्टरपोलमा नोटिस जारी गरेको थियो ।पछिल्लो समय यूएईबाट पोर्चुगल पुगेका ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको सूचना पाएपछि नेपाल प्रहरीले त्यहाँको प्रहरीसँग समोन्वय गरेर पक्राउ गरिएको बताएको छ । पक्राउ परेका ढुंगानामाथि आवश्यक कारवाही थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्