News Portal

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनमा मानव अवशेष फेला

रातोपोस्ट संवाददाता
२८२ पटक

काठमाडौं, ३० साउन । चितवनको खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक बनको बरुवा घारी भन्ने स्थानमा मानव अवशेष फेला परेको छ। अवशेष फेला परेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जंगली जनावरले खाएको जस्तो देखिने स-साना हड्डीको टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा भेटिएको कपडाको आधारमा परिवारले सो अवशेषको सनाखत गरेको छ। गत साउन २५ गते घाँस काट्न जान्छु भनी गएका र हालसम्म फेला नपरेका खैरहनी नगरपालिका-१३ हर्नरी बस्ने ६६ वर्षीय भदै महतो रहेको उनका छोराहरुले सनाखत गरेको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्