News Portal

मेचीनगरमा माओवादीले छान्यो वडा नेता

रातोपोस्ट संवाददाता
४८२ पटक

मेचीनगर, ४ मंसिर । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । मेचीनगरमा पनि वडा अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ ।मेचीनगरका पाँचवटा वडामा शनिवार एकसाथ अधिवेशन सम्पन्न गरिएको छ । जस अनुसार वडा नं. ७, १०, ११, १२ र १५ मा अधिवेशन गरिएको हो । बाँकी वडाको पनि छिट्टै अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र मेचीनगरका अनुसार वडा नं. १० को अध्यक्षमा सरोज शिवाकोटी, उपाध्यक्षमा खड्गप्रसाद सिटौला, सचिवमा शिवशंकर साह, सहसचिवमा रमा सेलवाल र कोषाध्यक्षमा ज्ञानु घाेले चयन भएका छन् । वडा कमिटी २९ सदस्यीय रहेको छ । यता, वडा नं. ७ को अध्यक्षमा रामप्रसाद खतिवडा, ११ को अध्यक्षमा रामकुमार रिजाल, १२ को अध्यक्षमा पदम सुनुवार र १५ को अध्यक्षमा जीवन सापकोटा चयन भएका छन् ।

मेचीनगरका वडामा भएको अधिवेशनमा पार्टीका नगर संयोजक पुष्प गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका नेताहरु माधव अर्याल, वाइसीयलका मेचीनगर संयोजक विनोद मण्डल, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष अध्यक्ष हरि निरौला, प्रेस सेन्टर झापा सदस्य दिलीप थापा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्