News Portal

३८५ जना कोरोना संक्रमित पुष्टि, ४ जना मृत्यु

रातोपोस्ट संवाददाता
३१८ पटक

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ। उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्।

पछिल्लाे २४ घण्टामा देशभर ७१ हजार ४८३ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्। हालसम्म नेपालमा ३० दशमलब १ प्रतिशतले पहिलाे मात्रा र २६ दशमलब २ प्रतिशतले पूर्ण मात्रा खाेप लगाइसकेका छन्।

प्रतिकृया दिनुहोस्