News Portal

झापा कांग्रेस क्षेत्र नं. १ को मतगणना सुरु

रातोपोस्ट संवाददाता
७३९ पटक

झापा, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १, क्षेत्रीय अधिवेशन र महाधिवेशनको मतगणना सुरु भएको छ । धुलाबारी स्थित टाउन हलमा मतगणना सुरु भएको हो ।

आज विहान ९ वजेदेखि सुरु भएको मतदान साँझ ५ वजे सम्पन्न भएको थियो । क्षेत्र नं. १ को अधिवेशनमा कुल ६१७ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६१० जनाले मतदान गरेका थिए । क्षेत्र नं. १ प्रदेश (क) बाट ३८० र (ख) बाट २३० जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसमध्ये ७ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी भएनन् । निर्वाचन सिमितिका सदस्य देवु बानियाँले अहिले भर्खरै मतगणना सुरु भएको जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्